सोलुदुधकुण्ड नगरपालिकामा १९ थान राष्ट्रिय परिचय पत्र वितरण, खुम्बुमा सुरु हुन सकेन

सोलुखुम्बु, फागुन २७ । सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्डमा १९ राष्ट्रिय परिचय पत्र वितरण गरिएको छ। आइतबार र सोमबार गरेर दुई दिनको अवधीमा उक्त परिचय पत्र वितरण गरिएको नगरपालिकाका एम.आई.एस अपरेटर प्रदिप शाक्यले बताउनुभयो ।

उहाँका अनुसार ११ वटा वडाका कुल ३ हजार १ सय ९१ जना नागरिकको परिचय पत्र नगरपालिकाले वितरण गर्ने छ । यस्तै जिल्लाको नेचासल्यान गाउँपालिकाले भने ३ थान मात्रै कार्ड वितरण गरेको छ । पालिकाले वडा वडामा पुगेर कार्ड वितरण गर्ने निर्णय गरेकाले पालिकाबाट कम वितरण भएको एम.आई.एस अपरेटर प्रवेश राईले बताउनुभयो ।

उहाँका अनुसार चैतको पहिलो हप्तासम्म पालिकामा आएको आएको १ हजार २ सय ८० थान कार्ड वितरण गरिसकिने छ । यस्तै जिल्लाको माथिल्लो भेग खुम्बु पासाङ ल्हामुमा भने खेलकुदको कार्यक्रममा व्यस्त भएकाले गर्दा पालिकामा आएको ३ सय ५८ थान परिचय पत्र वितरण गर्न बाँकी रहेको एम.आई.एस अपरेटर डोल्मा शेर्पाले बताउनुभयो। अन्य स्थानीय तहसँग जानकारी लिन खोज्दा भने सम्पर्क हुन सकेन ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जिल्लाका आठ वटा पालिकाबाट १० हजार १ सय ४८ थान परिचय पत्र वितरण गर्नका लागि सम्बन्धित स्थानीय तहलाई पठाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार