सोलुखुम्बु, फागुन २७ । सोलुखुम्बुको सोताङ पब्लिक क्याम्पस सोताङमा अनिश्चित कालिन बन्दको घोषणा गरिएको छ । स्ववियु चुनावको बेलामा फर्जी विद्यार्थी गरिएकाले क्याम्पसमा अनिश्चित कालिन बन्द घोषणा गरिएको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।
जबसम्म फर्जी विद्यार्थी क्याम्पसले खारेज गर्दैन तवसम्म तालाबन्दी गरिने उहाँले बताउनुभयो । निर्वाचनको लागि संगठन दर्ता भइ मतदाता नामवली प्रकाशन गर्ने बेला क्याम्पस प्रशासन र निर्वाचन समितिको मिलेमत्तोमा फर्जी विद्यार्थी भर्ना गरेर नामावली प्रकाशन गरेको प्रति संगठनले एक विज्ञप्ती जारी गर्दै आपत्ती जनाएको हो ।
यस्तै माग सम्वोधन नभएसम्म सोताङ पब्लिक क्याम्पस प्रशासनमा तालाबन्दि गरिएको शेर्पाले बताउनुभयो । फर्जी मतदाता नामावली अविलम्व खारेज गरी क्याम्पसको वास्तविक विद्यार्थीलाई मताधिकारबाट बन्चित नगराउन र तोकिएको मितिमा नै स्ववियु निर्वाचन सम्पन्न गर्न विज्ञप्ती मार्फत आग्रह गरिएको छ । स्ववियु चुनाव यहि चैत ५ गते हुँदैछ ।
यता क्याम्पस प्रशासनले भने विद्यार्थीले भने अनुसारको कुनै पनि सत्यता नभएको दाबी गरेको छ । आज गर्नुपर्ने मनोनयन पत्र भोलीलाई सारिएको सहायक क्याम्पस प्रमुख दधिराम धमलाले बताउनुभयो । आवश्यक परेको खण्डमा विद्यार्थीको पुर्ण विवरण देखाउन क्याम्पस प्रशासन तयार रहेको उहाँको भनाइ छ ।