सोताङ पब्लिक क्याम्पस सोताङमा स्ववियु चुनाव स्थगित

  हिमाल समाचार
735 Shares

सोलुखुम्बु, फागुन २८ । सोलुखुम्बुको सोताङ गाउँपालिका ४ मा रहेको सोताङ पब्लिक क्याम्पस सोताङको स्ववियु चुनाव स्थगित भएको छ । अखिल क्रान्तिकारी र क्याम्पस प्रशासन बिच कुराकानी नमिले पछि यहि चैत ५ गते हुने भनिएको स्ववियु चुनाव स्थगित भएको हो ।

कलेजमा फर्जी विद्यार्थी गरिएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको थियो । हिजो देखीको दुई पक्षबिच वार्ता गरेर समस्याको समाधानको प्रयास खोजिएको भए पनि आज क्याम्पसले चुनाव स्थगित गरेको अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।

अखिल क्रान्तिकारीले भने भर्ना गरिएको फर्जी विद्यार्थी क्याम्पसले खारेज गर्नु पर्ने भन्दै वास्तविक विद्यार्थीलाई मताधिकारबाट बन्चित नगराउन र तोकिएको मितिमा नै स्ववियु निर्वाचन सम्पन्न गर्न विज्ञप्ती मार्फत आग्रह गरेको थियो ।

तर क्याम्पस प्रशासनले अखिल क्रान्तिकारीले लगाएको आरोप सत्य नभएको भन्दै दाबी गरेको थियो। आवश्यक परेको खण्डमा विद्यार्थीको पुर्ण विवरण देखाउन समेत क्याम्पस प्रशासन तयार रहेकोसहायक क्याम्पस प्रमुख दधिराम धमलाले बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार