सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुले मोबाईल मर्मत तालिम सञ्चालन गर्ने

  हिमाल समाचार
28 Shares

सोलुखुम्बु, फागुन २८ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुले मोबाईल मर्मत तालिम सञ्चालन गर्ने भएको छ । फाप्लु वडा र प्रदेश सरकार, व्यवसायिक तथा सीप विकास तालिम ओखलढुङगाको सहकार्यमा मोबाईल मर्मत तालिमको आयोजना गरिएको हो ।

वडाभरका १० जनालाई तालिममा सहभागी गराइने वडा अध्यक्ष युवास तामाङले बताउनुभयो । तालिम चैत ७ गते विहिबार देखी हुनेछ । वडाबासीको माग अनुसार स्वरोजगार बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष तामाङको भनाइ रहेको छ ।

तालिममा सहभागी हुनका लागि आवेदन दिन नेपाली नागरिकताको प्रतिलिपि, कक्षा १२ उत्तिर्ण भएको शैक्षिक प्रमाण पत्रको प्रतिलिपि एक एक थान तथा पासवर्ड साइजको २ थान फाटो आवश्यक पर्ने जनाइएको छ ।

सूचना हेर्नुस   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार