सोलुखुम्बु, फागुन २८ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका २ वडा कार्यालय काँगेलले नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सोलुखुम्बुलाई ध्यानाकर्षण पत्र बुझाएको छ । आज बुधबार थुलुङ दुधकोशी गाउँपालिका २ काँगेलले नेपाल विद्युत प्राधिकरणलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
थुलुङ दुधकोशी वडा नं. १ र २ मा प्राधिकरणले वितरण गरेको सोलुखोला संरचनामा लाईन विस्तार गरिएको कुलो बाधको संरचना अव्यवस्थित भएका तथा सो स्थानमा टागिएको तारहरुले रुखहरु छोएकोले दुर्घटनाको जोखिम बढेकाले ध्यानाकर्षण बुझाइएको काँगेलका कार्य बहाक वडा अध्यक्ष नविन बस्नेतले बताउनुभयो ।
जभाभावी रुपमा टागिएको तारले मानिस तथा जनावरहरुको समेत ज्यान जान सक्ने खतरा देखिएकोले प्राधिकरणले यथाशिघ्र अनुगमन गरेर व्यवस्थापन गर्नु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
साथै उक्त स्थानमा कुनै अप्रिय घटना घटेमा कार्यालय स्वयम् जिम्मेवारी हुनु पर्ने साथै सो कार्यको लागि वेवास्था गरेमा काँगेल वडाका उपभोक्ताहरुबाट चरणबद्ध आन्दोलमा उत्रिने समेत ध्यानाकर्षण पत्रमा बताइएको छ ।
नेपाल विद्युत प्राधिकरण सोलुखुम्बुका निमित्त कार्यालय प्रमुख अर्जुन दाहालका अनुसार उक्त क्षेत्रमा सडक विस्तारको कार्य धमाधम भइरहेकाले समेत काम गर्न असहज भएको जनाइएको छ । यस्तै पुरानो काठको ठाउँमा नयाँ पोल फेर्न प्राधिकरणसँग बजेट तत्काल नभएकाले बजेटको व्यवस्था भए पछि नयाँ पोल फेर्ने उहाँले बताउनुभयो ।