सोलुखुम्बु, फागुन २८ । सोलुखुम्बुमा आयोजित जिल्लास्तरीय उन्नत प्रविधि तथा कृषि यन्त्रिकरण मर्मत तालिम सम्पन्न भएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाको आयोजनामा सञ्चालन गरिएको तीन दिने तालिम आज बुधबार सम्पन्न भएको हो ।
तालिममा किवी खेती, सुन्तला खेती, यन्त्रीकरण मर्मत तथा बाली बिमा लगायतका विषयमा विषय विज्ञहरुद्धारा प्रशिक्षण गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ ओखलढुंगाका कृषि अधिकृत हेम बहादुर आले मगरले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रको सभाहलमा भएको उक्त तालिममा २१ जना कृषकहरुको सहभागीता रहेको तालिम संयोजक कबिता मगरले बताउनुभयो ।यस्तै कृषकहरुले छिटो समयको तालिम भएको भए पनि तालिम प्रभावकारी भएको प्रतिक्रिया व्यक्त दिइएका छन् ।
कतिपय यन्त्र चलाउन नजादा थन्किएर बसेका तर अब भने चलाउन जान्ने भएको उनीहरुले बताएका छन् । विशेष गरेर मिसेनरी सामान चलाउदा बिग्रिएको खण्डका के कसरी मर्मत गर्ने सम्बन्धीको बारेमा तालिम प्रदान गरिएको आयोजकले जनाएको छ । समापन कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका उपप्रमुख टिका मगर लगायतको उपस्थित रहेको थियो ।