सोलुखुम्बु, फागुन २९ । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका १ का प्रनय राई र जीतुमाया तामाङलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको अस्पताल व्यवस्थापन समितिको सदस्यमा मनोनयन गरिएको छ । दुवै जनालाई फागुन १९ गतेको मन्त्री स्तरीय निर्णयानुसार फागुन २३ गते अस्पताल व्यवस्थापन समितिको सदस्य पदमा मनोनयन गरिएको हो ।
कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ को दफा ३१ को उपदफा १ को खण्ड (ज) बमोजिम सरकारी अस्पतालको संचालन र व्यवस्थापन गर्न अस्पताल व्यवस्थापन समितिको गठन हुने व्यवस्था भए अनुसार तीन वर्ष पदावधि कायम हुने गरी मनोनयन गरिएको जनस्वास्थ्य प्रशासक डा. सभ्यता पन्थीले हस्ताक्षर गरिएको पत्रमा उल्लेख गरिएको छ ।
आयुर्वेद स्वास्थ्य केन्द्रको समग्र सुधार तथा विकासमा राई र तामाङको उल्लेखनीय योगदान रहनेछ भन्ने अपेक्षा गरिएको छ । बोधार्थमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश, विराटनगर र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, सोलुखुम्बुलाई राखिएको छ ।