साल्ट ट्रेडिङ्ग कार्यालय सोलुखुम्बुबाट ८ महिनाको अवधिमा ३२ लाख ६३ हजार बढीको नुन बिक्री

सोलुखुम्बु, चैत १ । साल्ट ट्रेडिङ्ग कार्यालय सोलुखुम्बुबाट ८ महिनाको अवधिमा ३२ लाख ६३ हजार बढीको नुन बिक्री गरेको छ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो (नुन बिक्री) कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिनाको अवधिमा ३२ लाख ६३ हजार ४ सय रुपैयाँ नुन बिक्री गरेको छ । कार्यालयले उक्त मुल्य बराबरको ३ हजार ६ सय २६ क्विन्टल नुन बिक्री गरेको कार्यालयका प्रमुख श्याम शाहले बताउनुभयो ।

उहाँका अनुसार ९ रुपैयाँ प्रति के.जीले नुन बिक्री हुँदै आएको छ । गत वर्षको ६७१ क्विन्टल ५० के.जी र यस वर्षको ३ हजार ३ सय ५० क्विन्टल गरेर कुल ४ हजार ५१ क्विन्टल ५० के.जी मध्ये ३ हजार ६ सय २६ क्विन्टल नुन बिक्री भइ सकेको छ । अब कार्यालयमा ३ सय ९५ क्विन्टल ५० के.जी नुन स्टक रहेको उहाँले बताउनुभयो ।

सोलुदुधकुण्ड नगरपालिकामा १ हजार ५३ क्विन्टल ५० के.जी, माप्यदुधकोशी गाउँपालिकामा ६ सय ७४ क्विन्टल, थुलुङ दुधकोशीमा १ हजार १ सय ७० क्विन्टल ५० के.जी, नेचासल्यानमा ६ सय ७४ क्विन्टल ५० के.जी, खुम्बु पासाङ ल्हामुमा ३० क्विन्टल र लिखुपिकेमा १२ क्विन्टल ५० के.जी बिक्री भएको छ । यस्तै जिल्लाका अन्य कार्यालयहरुमा ११ क्विन्टल नुन बिक्री गरिएको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड सोलुखुम्बुका प्रमुख शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार