हावाहुरीले उडायो भिमसेन थान मा.बि.मुढेको ट्वाइटेको छाना

सोलुखुम्बु, चैत १ । गए राती चलेको हावाहुरीले सोलुखुम्बुको भिमसेन थान माद्यमिक विद्यालय मुढेको रहेको ट्वाइटेको टिनको छाना उडाएको छ । सोलुदुधकुण्ड नगरपालिका ११ तिङ्ला मुढेमा रहेको भिमसेन थान माद्यमिक विद्यालयको ट्वाइटेको टिनको छाना हावाहुरीले उडाएको हो ।

बिहान अन्दाजी ३ बजेको समयमा आएको हावाहुरीले सिमेन्ट, ढुङगा, काठले बनेको चार कोठे ट्वाइलेटको टिनको छानो उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

विद्यालयमा रहेको उक्त ट्वाइलेटको छाना उडाएको तर मानविय क्षती भने नभएको बताइएको छ । बिहान उक्त खबर पाएपछि अस्थायी प्रहरी चौकी रमितेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार