दुधकोशी बहुमुखी क्याम्पसले मनोमानी गरेको भन्दै अखिल क्रान्तिकारीले निकाल्यो विज्ञप्ति

सोलुखुम्बु, चैत १ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा दुधकोशी बहुमुखी क्याम्पसले मनोमानी गरेको भन्दै अखिल क्रान्तिकारीले विज्ञप्ति निकालेको छ ।क्याम्पस प्रमुखसंग उक्त क्याम्पसमा गत १९ गते अन्य संगठनलाई जानकारी नै नगराई ने.बि. संघ लाई मात्र एकलौटी रूपमा संगठन दर्ता गराएको प्रती निर्णय सच्याउनु पर्ने र सबै संगठन सँग सहकार्य गर्नु पर्ने भन्दै आज शुक्रबार विज्ञप्ती निकालेको हो ।

साथै उक्त मागलाई क्याम्पस प्रशासनले बेवास्ता गरि एकलौटी निर्णय गरेमा  अखिल क्रान्तिकारी जिल्ला कमिटी सोलुखुम्बु जस्तोसुकै कदम चाल्न बाध्य हुने जिल्ला क्रान्तिकारी संगठनका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो । स्ववियु चुनाव यहि चैत ५ गते हुँदैछ ।

–  हेर्नुस विज्ञप्ति  

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार