सोलुखुम्बु, चैत १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो जेठ २ गतेदेखि ४ गतेसम्म काठमाण्डौमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा सञ्चालनमा आएको सगरमाथा संवादको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्रीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिनुभएको हो ।
सरकारले संवाद कार्यक्रमका लागि छिमेकी भारत र चीनसहित विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरेको छ । सचिवालयका सदस्य सचिव डा. महेश्वर ढकालले कार्यक्रमको अहिलेसम्मको तयारीबारे छिट्टै सार्वजनिक गर्ने जानकारी दिनुभयो ।