सोलुखुम्बु, चैत २ । खिलक कार्कीको नेतृत्वमा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला कार्य समिति सोलुखुम्बुको सदस्यीय समिति गठन गरिएको छ । आज शनिबार भएको १३ औं जिल्ला अधिवेशनले कार्कीको नेतृत्वमा नयाँ कार्य समिति गठन गरिएको हो ।
समितिको महिला उपाध्यक्षमा अम्बिका बस्नेत, पुरुष उपाध्यक्षमा झनक बहादुर बस्नेत, सचिव चित्र बहादुर कार्की, सह– सचिवमा चुडा कुमारी कार्की, कोषाध्यक्षमा भेषराज पौडेल र सह सचिवमा गंगा राउतलाई चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक संठगन जिल्ला कार्य समितिका पूर्व सचिव नवराज राईले बताउनुभयो ।
सदस्यहरुमा राम बहादुर बस्नेत, घना बहादुर कार्की, लाक्पा शेर्पा, निर बहादुर राई, फुरी शेर्पा, छत्र बहादुर राई र किशोर कुमार बस्नेत चयन हुनु भएको छ । बाँकी रहेका सदस्यहरुलाई समितिको पहिलो बैठकबाट पूर्णता दिइने पूर्व सचिव राईले बताउनुभयो ।
कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संठगनका केन्द्रिय सदस्य मानकाजी राईको प्रमुख आथिथ्यता तथा टंक प्रसाद दाहालको सभाध्यक्ष सम्पन्नमा भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि एवं नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष डुफ कुमार बास्तोलाले जिल्लाका कार्यरत शिक्षकहरुलाई जिल्लाका स्थानीय तहहरुले विभिन्न राजनिति दलले कारबाही गर्ने मेलोमा दुर्गम क्षेत्रमा सरुवा गर्ने गरिएको बताउनुभयो ।
यस्तै कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सचिव कल्पना राईले लोक सेवा पास गरेर आएका शिक्षकहरुलाई आफूले जागिर दिएको जस्तो गरेर मनोमानी ढंगले स्थानीय तहले कारबाही गर्नु उचित नभएको बताउनुभयो । यस्तै यहाँले एमालेले जितेका स्थानीय तह नमुना भएको समेत दाबी गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि राईले देशैको जेठो संगठन समेत भएकाले राष्ट्रिय सांगठानिक भूमिका मात्र नभएर पार्टी र राजनितिमा पनि उत्तिकै भूमिका हुने उल्लेख गर्नुभयो । देशको गतिलाई पनि परिर्वतन गर्न सक्ने उहाँको भनाइ रहेको छ । कार्यक्रममा शिक्षक संगठनका विभिन्न तह र तप्कामा कार्यरत शिक्षकहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राईले ब्यानर पढेर गर्नु भएको थियो ।कार्यक्रममा शिक्षक संगठनका विभिन्न तह र तप्कामा कार्यरत शिक्षकहरुको उपस्थित रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि राईले ब्यानर पढेर गर्नु भएको थियो ।