सोलुखुम्बु, चैत ३ । सोलुखुम्बुका व्यवसायीहरु करदाता शिक्षा प्रदान गरिएको छ । आज आइतबार उद्योग वाणिज्य संघ सोलुखुम्बुको कार्यालयमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम प्रदान गरिएको हो ।
उद्योग वाणिज्य संघ सोलुखुम्बुका अध्यक्ष रामलाल श्रेष्ठको अध्यक्षता तथा आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख भिम काफ्लेको प्रमुख आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विभिन्न व्यापार व्यवसाही गर्ने ६४ जना करदाताहरुको सहभागिता रहेको उद्योग वाणिज्य संघका उपाध्यक्ष भानुभक्त उपाध्यायले बताउनुभयो । उहाँका अनुसार आजको तालिममा सहभागिता जनाएकाहरुलाई आगामी दिनमा कर सम्बन्धि कारोबार गर्न सहज हुने विश्वास लिइएको छ ।
विशेष गरेर कर तिर्दा हुने फाइदा तथा बेफाइदाका बारेमा प्रशिक्षण गराइएको थियो । सामान बिक्री गरेसके पछि अनिवार्य रुपमा ग्राहकलाई प्यान बिल दिनु पर्ने लगायतका कुराहरु कार्यक्रममा सिकाइएको कार्यालय सचिव जिवन नाथ वास्तोलाले बताउनुभयो । ।
साथै सहभागि भएकाहरुले यस अन्तरक्रिया शिक्षाले मनमा भएका जिज्ञासाको अन्त्य भएको बताएका छन् । कार्यक्रममा घरेलुु उद्योग कार्यालयका प्रमुख नारायण खतिवडा, उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरु, करदाता सेवा कार्यालय ओखलढुंगाका कर्मचारी लगायतको उपस्थित रहेको थियो । कार्यक्रम उद्योग वाणिज्य संघ सोलुखुम्बुको आयोजनामा गरिएको थियो ।