सोलुखुम्बु, चैत ३ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा आगामी वर्ष २०८२/८३ का लागि योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । आज आइतबार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना एकाई ओखलढुंगाको आयोजनामा गरिएको एक दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।
उक्त गोष्ठीमा सहभागी भएकाहरुले योजना बनाउदा दिर्घकालिन बनाउनु पर्ने र लामो अवधिसम्म लाभ लिन सक्नु पर्ने प्रतिक्रिया दिएका छन् । कार्यक्रममा सहभागि थुलुङ दुधकोशी गाउँपालिकाका केशव थुलुङले जिल्लामा मात्र नभइ प्रदेश राजधानी विराटनगर तथा संघीय राजधानी काठमाण्डौं लगायतका क्षेत्रमा कोसेली घर स्थापना गर्नुपर्ने बताउनुभयो ।
यस्तै उत्पादन भएका कुराहरुलाई लेवलिङ तथा प्याकेजिङमा गुणस्तरीय बनाएर बिक्री गर्न सके आम्दानीको राम्रो श्रोत हुने बताउनुभयो । यस्तै गोष्ठीमा सहभागी भएकाहरुले कृषकले उत्पादन गरेको किवि तथा स्याउ प्रशोधने लागि लागि चिस्यान केन्द्र भएको खण्डमा सहज हुने बताएका छन् ।
यस्तै उत्पादन अनुसारको बजारकीकरण हुनु पर्ने, अनुदान दिएर सञ्चालन गरिएका फर्महरुको अनुगमन गर्नुपर्ने, मुल्य एक रुपता गर्नका लागि किसानहरुले संगठन एक हुनु पर्ने लगायतका कुराहरु राखेका थिए । गोष्ठीमा नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले जंगली जनावरले किसानलाई दुःख दिनु यस्तै गाउँका युवाहरु विदेशिनुले भने जति उत्पादन गर्न नसकिएको बताउनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले झोले किसानले गर्दा खेरी वास्तविक किसानहरु पछाडी परेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना एकाई ओखलढुंगाको वार्षिक स्विकृत कार्यक्रम अनुसार आगामी वर्ष २०८२/८३ को लागि प्रस्ताव गर्नका निम्ति आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना एकाई ओखलढुंगाका प्रमुख हेम बहादुर आले मगरले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख निरौला, नेचासल्यान गाउँपालिका अध्यक्ष राई, लिखुपिके गाउँपालिका उपाध्यक्ष ङवाङ लाक्पा शेर्पा, विभिन्न पालिकामा कार्यरत कृषि प्रमुख तथा प्राविधिक, कृषि ज्ञान केन्द्रका कर्मचारी एवं किसानहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।