सोलुखुम्बु, चैत ४ । सोलुखुम्बुको पात्लेफेदका गोपाल भुजेलको घरको छाना हावाहुरीले उडाएको छ । आइतबार चलेको हावाहुरीले सोलुदुधकुण्ड नगरपालिका ११ का भुजेलको ढुङगा, माटोले बनेको घरको टिनको छाना हावाहुरीले उडाएको हो ।
मानविय तथा चौपयालाई भने कुनै पनि क्षति नभएको प्रहरीले जनाएको छ । उक्त जानकारी पाउना साथ अस्थायी प्रहरी चौकी रमितेबाट प्रहरीको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । विगत केहि दिन देखी चलेको हावाहुरीले जिल्लाका विभिन्न क्षेत्रमा क्षति पु¥याउदै आएको छ ।
– फायल फोटो