सोलुखुम्बुमा यस वर्ष सुन्तला र किवी उत्पादन वृद्धि

  हिमाल समाचार
77 Shares

सोलुखुम्बु, चैत ४ । सोलुखुम्बुमा यस वर्ष सुन्तला र किवी उत्पादन वृद्धि भएको छ । जिल्लामा यस वर्ष गत वर्षको तुलनामा भन्दा सुन्तला र किवी उत्पादन वृद्धि भएको हो । गत वर्ष ८.४० मेट्रिक्टन सुन्तला उत्पादन भएकोमा यस वर्ष वृद्धि भएर ११.१ मेट्रिक्टन उत्पादन भएको हो ।

यस्तै गत वर्ष ७.८८ मेट्रिक्टन किवी उत्पादन भएकोमा यस वर्ष वृद्धि भएर ७.९२ मेट्रिक्टन पुगेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका सहायक वागवानी विकास अधिकृत उपेन्द्र ठाकुरले जानकारी दिनुभयो । विगतको वर्षमा २९५ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन भएको भए पनि यस वर्ष २५९ हेक्टर क्षेत्रफलमा उत्पादन हुँदा सुन्तला वृद्धि भएको तथ्यांकले देखाएको छ ।

यस्तै गत वर्ष ११५ हेक्टरमा किवी उत्पादन गरिएको थियो भने यस वर्ष ११७ हेक्टर क्षेत्रफलमा किवी उत्पादन भएको उहाँले बताउनुभयो । नेचासल्यान, थुलुङ दुधकोशी, सोताङ, महाकुलुङ, माप्यदुधकोशी र लिखुपिके गाउँपालिकामा सुन्तला खेती हुँदै आएको छ ।

किवी जिल्लाको सबै स्थानीय तहमा उत्पादन भएको तथ्यांकले देखाएको छ । सोलुखुम्बुमा उत्पादन भएको सुन्तला तथा किवी जिल्ला बाहिरका इटहरी, बिराटनगर तथा काठमाण्डौं जस्ता सहरसम्म लगेर बिक्री गर्ने गरेको कृषकहरुले बताउने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार