सोलुखुम्बु, चैत ४ । सोलुखुम्बुमा यस वर्षको माद्यमिक शिक्षा परिक्षा (एसइई) को तयारी पुरा भएको छ । यहि चैत ७ गते विहिबारबाट सुरु हुने एसइई परिक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेले बताउनुभयो ।
केही परिक्षा केन्द्रले उत्तरपुस्तिका लगि सकेको र केहीले भोली मंगलबारसम्ममा लगि सक्ने उहाँले बताउनुभयो । यस वर्ष जिल्लाभरबाट १ हजार ६ सय ६० जनाले माद्यमिक परिक्षा एसइईमा सहभागी जनाउने भएका हुन् ।
नियमित तर्फका १ हजार ५ सय ७४ जना र ग्रेडवृद्धि तर्फका ८६ जना गरेर कुल १ हजार ६ सय ६० जना विद्यार्थीले सहभागी जनाउने भएका छन् । जिल्ला भरमा १४ वटा परिक्षा केन्द्र समेत तोकिएको शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
हिमाल दर्शन क्याम्पस नेचाबतासे, संस्कृत विद्यापिठ (क्याम्पस) सल्यान, शिलाखोला आ.वि टाप्टिङ, लुक्ला आ.वि चौरीखर्क, दुधकोशी आ.वि बुम्बुरी जुभिङ, पद्मकन्या आ.वि दाम्खु वासा, सोताङ क्याम्पस सोताङ, पेल्माङ आ.वि बुङ, कालिका आ.वि जुबु, त्रिभुवन विद्योदय आ.वि मुक्ली, ठकुमाला आ.वि कागेल, जन जागृति आ.वि सल्लेरी, जन जागृति मा.वि सल्लेरी र जनसेवा आ.वि चौलाखर्कलाई परिक्षा केन्द्र तोकिएको छ ।