हावाहुरीको वितण्डा सोलुमा कायमै, माप्यका राईको घरको छाना उडायो हावाले

  हिमाल समाचार
252 Shares

सोलुखुम्बु, चैत ४ । हावाहुरीको वितण्डा सोलुखुम्बुमा कायमै रहेको छ । आज सोमबार मात्रै जिल्लाको माप्यदुधकोशीका नन्दराज राईको घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

माप्येदुधकोशी गाउँपालिका ६ लाप्खा बस्ने राईको ढुङ्गा, माटो तथा काठले बनेको २ तल्ले घरको टिनको छानो हावाहुरीले उडाएको हो । अन्य मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार गत माघ महिनादेखि  आज सोमबार यो समाचार तयार पार्दासम्ममा हावाहुरीका कारण जिल्लामा २७ वटा घटना भएका छन् ।

जसमा २१ वटा निजि घर तथा संरचना, तीन वटा विद्यालय भवन, दुई वटा धार्मिक संरचना र एउटा सरकारी संचनामा क्षति भएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार