सोलुखुम्बु, चैत ४ । खोटाङको रावा बेसी गाउँपालिकामा हाजिरी जवाफ तथा हिसाब दौड प्रतियोगिता आयोजना गरिएको छ । आज सोमबार शिक्षा, युवा तथा खेलकुद विकास शाखाको आयोजनामा वडा स्तरीय आधारभूत तह कक्षा १–५ हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता गरिएको हो ।
हाजिरीजबाफ प्रतियोगिता तर्फ प्रथम वडा नं. ३ लामिडाडा का विद्यार्थी समूह सुशन खत्री, साशिल श्रेष्ठ, दिपशिखा श्रेष्ठ र दोस्रो वडा नं. २ खार्पाका विद्यार्थी समूह सुस्मिता वस्नेत, मिरज परियार, आयुष खाटी र तेस्रो वडा नं. ५ दुवेकोलका विद्यार्थी समूह एलिसा खड्का, योगेश निरौला र जुलन विश्वकर्मा भएका सहकर्मी प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
त्यसैगरी हिसाब दौड तर्फ प्रथम लामिडाडाका सशिल श्रेष्ठ, द्वितीय डुम्रेधारापानीका करिस्मा घिमिरे र तृतीय हौंचुरका रुकमणी कार्की भएको थियो । हाजिरीजबाफ र हिसाब दौड प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने समूहलाई झोला र अन्य शैक्षिक सामग्रीहरु प्रदान गरिएको थियो । त्यसैगरी अन्य सहभागी विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
कार्यक्रममा रावा बेसी गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ उपाध्यक्ष कौशिला कुमारी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मी, वडा नं. १ वडा अध्यक्ष गेहेन्द्रमान राई, वडा नं. २ का वडा अध्यक्ष डोलराज बस्नेत, वडा नं. ५ का वडा अध्यक्ष मन कुमार गुरुङ, वडा नं. ६ का वडा अध्यक्ष चिरञ्जीवी कार्की, वडा नं. १ का वडा सदस्य विशाल राई, विभिन्न विद्यालयका प्र.अ. शिक्षक,पालिकाका कर्मचारीहरु, विद्यार्थी लगायतको उपस्थिति रहेको पालिका शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख युबराज बिष्टले बताउनुभयो ।