सोलुखुम्बुमा वन डढेलो जोगाउन र्‍यालीसहित जनचेतना मुलक कार्यक्रम आयोजना

  हिमाल समाचार
63 Shares

सोलुखुम्बु, चैत ६ । हिमाली जिल्ला सोलुखुम्बुमा वन डढेलो जोगाउन र्‍यालीसहित जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको छ । आज बुधबार डिभिजन वन कार्यालय सोलुखुम्बुको आयोजनामा जिल्ला समन्यव समितिको प्राङ्गण देखी नयाँ बजारसम्म विभिन्न नारा लेखिएका प्लेकार्ड सहित र्‍याली निकालिएको हो ।

कार्यक्रममा सहभागी सम्पूर्णले वन जोगाउनु पर्ने आवश्यकता भएको बताएका छन् । नेपाल सरकारको कार्यक्रम अन्तगर्त चैत १ गतेदेखी ७ गतेसम्म राष्ट्रव्यापी कार्यक्रमको आयोजना भइरहकाले डिभिजन वन कार्यालय सोलुखुम्बुले पनि आज उक्त कार्यक्रमको आयोजना गरेको हो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै डिभिजन वन कार्यालय सोलुखुम्बुका प्रमुख रामजी शाहले आफूहरुले वन जंगल जोगाउनका निम्ति सूचना प्रवाहको कार्यलाई ध्यानमा राखेर सचेतना मुलक सन्देश प्रवाह गरि रहेको बताउनुभयो ।

आगो लगाउनु जगन्य अपराध भएकाले यस्तो क्रियाकपापमा संलग्न रहेको भेटिएमा जोकोहीलाई पनि कारबाही गरिने उहाँकोे भनाइ रहेको छ । यस्तै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले वन जंगलमा आगो लगाउने व्यक्तिको पहिचान गरेर कानुनी कारबाहीको दायरामा ल्याउन सकिएको खण्डमा आगलागीका घटनाहरु कम हुने बताउनुभयो ।

आगामी वर्षका लागि घाँस राम्रो सँग पलाओस भन्ने हेतुले वन जंगल आगो लगाउदा जंगली जनावरलाई पनि असर पर्ने भएकाले आगो लगाउन अगाडी सोच विचार पु¥याउनु पर्ने उहाँको भनाइ रहको छ । यस्तै वनमा आगो लगाउने व्यक्तिको पहिचान पश्चात राज्यले पुरस्कारको व्यवस्था गरेको खण्डमा पनि आगलागीका घटना कम हुने उहाँले बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले समय अगावै देखी वन डढेलो हुनबाट जोगाउन नेपाल प्रहरीले अग्र भागमा रहेको काम गरिरहेको बताउनुभयो ।

साथै आगामी दिनमा डढेलो कम गर्नलाई कार्यक्रम गाउँ घरमा तथा विद्यायलमा पुगेर सचेतना मुलक कार्यक्रम गर्ने बताउनुभयो । जिल्लामा आगो निभाउने कुनै पनि साधन भएकाले आफूले मन्त्रालयसँग प्रयास गरि रहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

कार्यक्रममा उपस्थित जनाएका सरोकार वाला निकायहरुले आगलागीका घटनालाई न्यनिकरण गर्न माग गरेका छन् । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख निरौला, भूमी समस्या समाधान आयोग सोलुुखुम्बुका अध्यक्ष नाती नातीकाजी गुरुङ, सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धी माया तामाङ, प्रमुख अधिकारी अनोज कुमार घिमिरे, सोलुखुम्बुका तीन वटै सुरक्षा निकायका प्रमुख तथा सुरक्षा कर्मीहरु, सोलुदुधुुण्ड नगर प्रहरी लगायतको उल्लेखनीय उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार