सोलुखुम्बु, चैत्र ६ । ओखलढुंगा जिल्लाको मोलुङ गाउँपालिका-६ स्थित सिंहदेवी आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा पासाङ शेर्पा चयन हुनुभएको छ।
आज बुधबार सम्पन्न अभिभावक भेलाले शेर्पालाई सर्वसम्मत रूपमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा निर्वाचित गरेको हो।
विद्यालयका प्रधानाध्यापक अम्बर बहादुर कार्कीका अनुसार मोलुङ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सरस्वती पैडेलको उपस्थितिमा शेर्पालाई प्रमाणपत्र प्रदान गर्दै औपचारिक रूपमा अध्यक्ष घोषणा गरिएको हो।
विद्यालय व्यवस्थापन समितिको पुरानो कार्यकाल गत फागुन २४ गते नै समाप्त भएको थियो।
नयाँ नेतृत्व चयन गर्ने कार्यक्रममा मोलुङ गाउँपालिका-६ का वडाध्यक्ष कमल तामाङ प्रमुख अतिथिका रूपमा उपस्थितेर थियो ।
कार्यक्रममा मोलुङ-६ का संस्थापक वडा अध्यक्ष रामकजी तामाङ, शिक्षा शाखा प्रमुख सरस्वती पौडेल, गाउँपालिका कार्यपालिका सदस्य किन्जु शेर्पा, वडा सदस्य देवेन्द्र बहादुर तामाङ साथै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति थियो।
उक्त अवसरमा नेपाली कांग्रेस वडा-६ का सभापति अशोक कुमार कटवाल, नेकपा एमाले वडा-६ का अध्यक्ष टेकबहादुर तामाङ, नेकपा माओवादी केन्द्र वडा-६ का संयोजक गेल्बु शेर्पा, अभिभावक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
नयाँ व्यवस्थापन समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासमा योगदान दिने प्रतिबद्धता व्यक्त गरेको छ।