सोलुखुम्बु, चैत ६ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले विषादी सम्बन्धि व्यवसायीसँग अन्तरक्रिया गोष्ठी गरेको छ । आज बुधबार कृषि ज्ञान केन्द्रको सभाहलमा व्यापार तथा व्यवसायी गर्दै आएका विषादी तथा एग्रोभेट सञ्चालकसँग अन्तरक्रिया गोष्ठी गरेको गरेको हो ।
अन्तरक्रिया गोष्ठीमा सहभागी जनाउनु भएका सोलुखुम्बुका कोशी प्रदेश सभा सदस्य बुद्धिकमार राजभण्डारीले अर्गानिक खानेकुरामा जोड दिनुभयो । जिल्लाको उत्तरी भेगमा पर्यटक आउने भएकाले आर्थिक अवस्था राम्रो रहको उल्लेख गर्दै जिल्लाको दक्षिणी भेगमा अर्गानिक खानेकुराहरु उत्पादन गरिएको खण्डमा आर्थिक अवस्था निकै राम्रो हुने बताउनुभयो ।
यस्तै जिल्ला बाहिरबाट जिल्ला भित्रिएका तरकारी लगायतका खानेकुरामा विषादीको प्रयोग गरिने भएकाले उक्त खानेकुरा खानु स्वास्थ्यको लागि हानिकारक भएको उहाँले बताउनुभयो ।
यस्तै जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाले विष विष नै भएकाले सावधानीका उपायहरु अपनाएर यसको प्रयोग गर्नु पर्ने बताउनुभयो ।
अन्तरक्रिया गोष्ठीमा २६ प्रकारका विषादीलाई प्रतिवन्ध गराइएको र यसको समय सिमा प्रतिवन्ध पश्चात २ वर्षको रहेकाले उक्त विषादी बिक्री पश्चात खरिद नगर्न समेत सुझाव दिइएको थियो । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले आयोजना गरेको अन्तरक्रिया गोष्ठीमा जिल्लामा एग्रोभेट तथा विषादी विक्री वितरण गर्नेहरुको सहभागिता रहेको थियो ।