एसइई परिक्षामा तल माथि भएको खण्डमा प्रशासन एक्सनमा उत्रिन्छ : प्रमुख जिल्ला अधिकारी घिमिरे

  नवराज सिग्देल
189 Shares

सोलुखुम्बु, चैत ७ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले माद्यमिक शिक्षा परिक्षा (एसइई परिक्षा) मा तल माथि भएको खण्डमा प्रशासन एक्सनमा उत्रिने बताउनु भएको छ । आज बिहिबारबाट सुरु भएको एसइई परिक्षाको अनुगमनका लागि जन जागृति माद्यमिक विद्यायल पुग्नु भएका प्रमुख जिल्ला अधिकारी घिमिरेले यस्तो बताउनु भएको हो ।

विगतका वर्षहरुमा जेसुकै भएको भए पनि यस वर्षको परिक्षामा अमर्यादित गतिविधि नहुने बताउनु भएको हो । हिमाल एफएमसँग कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरे परिक्षामा चलखेल भएको थाहा पाएमा आफूले जोकोहीलाई पनि कारबाही गर्ने बताउनुभयो ।

आजबाट सुरु भएको परिक्षामा सोलुखुम्बुमा १४ वटा केन्द्रबाट विद्यार्थीले परिक्षा दिइरहेको छन् । आफूले केहि दिन अगाडी केन्द्राध्यक्षलाई अभिमुखिकरणमा समेत जानकारी गराइ सकेकाले परिक्षामा मर्यादित भएर परिक्षा गराउने प्रतिवद्धता जनाएका बताउनुभयो । यस्तै सुरक्षाका निम्ति नेपाल प्रहरीको टोलीले  भरपुर सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।

उहाँले परिक्षार्थीलाई निर्धक भएर परिक्षा दिन आग्रह गर्नुभयो । परिक्षा शान्ती पूर्ण ढंगले सम्पन्न गर्नका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले साथ दिनु पर्ने बताउनुभयो । परिक्षाको समयमा १४ वटै परिक्षा केन्द्रमा अनुगमनको लागि जुन सुकै बेला पनि पुग्ने उहाँको भनाइ रहेको छ ।

जिल्लाबाट यस वर्ष १ हजार ६ सय ६० जना विद्यार्थीले सहभागी जनाउने शिक्षा विकास तथा समन्वय इकाइ सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार