सोलुखुम्बुमा १ हजार ५ सय ७५ जना विद्यार्थी एसईमा सहभागी

  हिमाल समाचार
182 Shares

आज बिहिबारदेखि सुरु माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सोलुखुम्बुबाट पहिलो दिन १ हजार ५ सय ७५ जना विद्यार्थीहरु सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय ईकाई उदयपुरका अनुसार सोलुखुम्बुमा ८२४ छात्रा र ७५१ छात्र गरी जम्मा १ हजार ५ हजार ७५ जना विद्याथीहरु परीक्षामा सहभागी भएका हुन् ।

परीक्षाका लागि जिल्लामा १४ ओटा परिक्षा केन्द्रहरु तोकिएका छन् । जसमा जिल्लाको आठै पालिकाहरुमा केन्द्रहरु तोकिएको शिक्षा विकास तथा समन्वय ईकाई सोलुखुम्बुका सुचना अधिकारी प्रकाण्ड न्यौपानेले बताउनुभयो ।

यो वर्ष जिल्ला भरबाट परीक्षामा १ हजार ६ सय ६० जना विद्यार्थीले सामेल हुने तथ्यांकमा उल्लेख गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकामा तीन तीन, माप्य दुधकोशी र नेचासल्यान गाउँपालिकामा दुई दुई र महाकुलुङ, सोताङ, खुम्बु पासाङ ल्हामु र लिखुपिके गाउँपालिकामा एक एक ओटा परीक्षा केन्द्र रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार