सोलुखुम्बु सदरमुकाम सल्लेरीको कर्णाली टप्पुटारमा मोटर बाटो पुग्यो, करिब १ सय २० घर परिवार लावान्भित हुने

  हिमाल समाचार
518 Shares

सोलुखुम्बु, चैत ७ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीको कर्णाली भनेर चिनिने टप्पुटारमा मोटर बाटो पुगेको छ । सोलुदुधकुण्ड नगरपालिका ६ को टप्पुटारमा मोटर बाटो पुगेको हो । सोलुदुधकुण्ड नगरपालिकाको डोजरले गत साल बाँकी रहेको ४ किलोमिटर सडकको ट्रयाक्क खनेर टप्पुटारमा बाटो पु¥याएको हो ।

मोटरबाटो पुगे सँगै सो ठाउँका नागरिकहरुले खुसी व्यक्त गरेका छन् । उक्त बाटोले सो क्षेत्रका करिब १ सय २० घर परिवार लावान्भित हुने जनाइको छ । सोलुदुधकुण्ड नगर उपप्रमुख गान्धिमाया तामाङले टप्पुटारमा उत्पादन भएको बस्तुले अबका दिनमा सहज वातावरणमा बजार पाउने भएकाले आर्थिक रुपमा अब्बल हुनलाई उक्त क्षेत्रका नागरिकले उत्पादनमा जोड दिनु पर्ने बताउनुभयो ।

नागरिकको खुसी नै जनप्रतिनिधिको खुसी भएकाले सडकलाई बाह्रै महिना सञ्चालन गर्न आफूले सक्दो कोसिस गर्ने बताउनुभयो । बाटो सञ्चालनका लागि आगामी वर्षमा बजेट व्यवस्थापन गर्ने पनि उहाँको भनाइ रहको छ ।

यस्तै सोलुदुधकुण्ड नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ६ का वडाध्यक्ष फुर्वा गाल्जेन शेर्पाले उक्त सडकलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनु भएको छ ।

आगामी दिनहरुमा सडकलाई स्तरोउन्नती गर्ने बताउदै सो क्षेत्रमा सल्लेरीबाट सहज रुपमा सामान ढुवानी हुने भएकाले नागरिकलाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । विगतका दिनहरुमा नुन लिनलाई समेत दिन नै माया मारेर सल्लेरी आउनु पर्ने बाध्यताको अन्त्य भएको उहाँको भनाइ रहेको छ ।

वडा नम्बर ६ को विकास समग्र नगरपालिकाको विकास भएकाले खुसी लागेको फाप्लुका वडाध्यक्ष युवास तामाङले बताउनुभयो । सो क्षेत्रमा सडक पुग्नु गौरवको कुरा भएको उहाँको भनाइ रहेको छ ।

विगतका दिनहरुमा भरिया लगाएर सदरमुकाम सल्लेरीबाट खाद्ययन्न दुवानी गर्नु पर्ने भएकाले उक्त समस्याको अन्त्य भएको स्थानीय लाक्पा तामाङले बताउनुभयो ।

विगतका समयमा जंगलको बाटो भएर यात्रा गर्नु पर्ने भएकाले बर्खाको समयका स्वास्थ्यकर्मी समेत टप्पुटारमा सेवा प्रदान गर्नका निम्ति जान हिचकिचाउने गरेको उहाँले बताउनुभयो । यस्तै आपत विपतमा पर्दा गाडी आउने भएको आगामी दिनमा सहज हुने अर्का स्थानीय कर्मा ग्याल्जेन तामाङले नगरपालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार