चिवाङ गुम्बा सोलुखुम्बुबाट २ बालक बेपत्ता

  हिमाल समाचार
651 Shares

सोलुखुम्बु, चैत ७ । चिवाङ गुम्बा सोलुखुम्बुबाट २ बालक बेपत्ता भएका छन् । सोलुदुधकुण्ड नगरपालिका ४ स्थित उक्त गुम्बाबाट २ जना बालक बुधबार दिउँसो १ बजे देखि बेपत्ता भएका हुन् ।

ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ९ लट्टेबारी बस्ने गेल्छिरी शेर्पाका ९ वर्षीया छोरा मिङमार शेर्पा र दोर्खरका कमनी शेर्पाका १० वर्षीया छोरा फुरी शेर्पा बेपत्ता भएका उनीहरुका मामा पेमा नीमा शेर्पाले जानकारी दिनुभयो ।

अहिलेसम्म पनि सम्पर्कमा नआएकाले गर्दा जोकोही देख्नले बेपत्ता बालकका मामाको ९७४८४६८९६१ नम्बरमा अथवा नजिकैको प्रहरी चौकीमा जानकारी गराइ दिन आग्रह गर्नु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार