सोलुखुम्बु, चैत ७ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लुमा मोबाईल मर्मत तालिम सुरु भएको छ । उक्त तालिम आज बिहिबारबाट सुरु भएको हो । फाप्लु वडा र प्रदेश सरकार, व्यवसायिक तथा सीप विकास तालिम ओखलढुङगाको सहकार्यमा मोबाईल मर्मत तालिमको सुरु गरिएको हो ।
वडाभरका १० जना तालिममा सहभागी भएको वडा अध्यक्ष युवास तामाङले बताउनुभयो । वडाबासीको माग अनुसार स्वरोजगार बनाउने उदेश्यले उक्त तालिमको आयोजना गरिएको वडा अध्यक्ष तामाङको भनाइ रहेको छ ।
उक्त तालिम लिए पश्चात जुन सुकै ठाउँमा गए पनि सिपको सदुपयोग गर्न सकिने भएकाले रोजगारीको अभावको अन्त्य हुने विश्वास लिइएको छ । तालिम आगामी जेठ ६ गते समापन गरिने जनाइएको छ ।