सोलुखुम्बु, चैत ८ । चिवाङ गुम्बा सोलुखुम्बुबाट हराएका २ जना बालक फुर्तेङमा भेटिएका छन् । बुधबार दिउँसो १ बजेबाट हराएका २ जना बालक बिहिबार बेलुका सोलुखुम्बुको फुर्तेङमा भेटिएका हुन् ।
उक्त बालकहरु ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका ९ लट्टेबारी बस्ने गेल्छिरी शेर्पाका ९ वर्षीया छोरा मिङमार शेर्पा र दोर्खरका कमनी शेर्पाका १० वर्षीया छोरा फुरी शेर्पा भएको उनीहरुका मामा पेमा नीमा शेर्पाले बताउनुभयो ।
बच्चाहरु खेल्ने क्रममा सोलुदुधकुण्ड नगरपालिका २ फुर्तेङ भन्ने ठाउँमा पुगेको जनाइएको छ ।