स्ववियु चुनाव : सोलुखुम्बुको एउटा क्याम्पसमा मात्रै, चार क्याम्पस चुनाव विहिन

  हिमाल समाचार
707 Shares

सोलुखुम्बु, चैत ८ । यस वर्षको स्ववियु चुनाव सोलुखुम्बुको एउटा क्याम्पसमा मात्रै भएको छ । जिल्लामा पाँच ओटा क्याम्पस सञ्चालनमा रहेका भए पनि जिल्लाको दुधकोशी बहुमुखी क्याम्पस नेचा सल्यानमा मात्रै चुनाव भएको हो । अन्य चार वटा क्याम्पसमा भने राजनितिक कुराकानी मिल्न नसक्दा स्ववियु चुनाव हुन नसकेको हो ।

जिल्लामा रहेका सोलुखुम्बु बहुमुखी क्याम्पस, सोताङ पब्लिक क्याम्पस सोताङ, हिमाल दर्शन क्याम्पस र विपी संस्कृत क्याम्पस नेचासल्यानमा भने स्ववियु चुनाव हुन नसकेको हो ।

दुधकोशी बहुमुखी क्याम्पसमा भने नेवि संघका सुजन दाहाल नेतृत्वको टिम नयाँ कार्य समितिमा आएको छ । त्या अन्य कुनै पनि संघ तथा संगठनबाट उमेरद्वारी नपरेकाले निर्विरोध दाहाल नेतृत्वको टिम चयन भएको हो । जिल्लामा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारी सक्रिय रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार