सल्लेरी च्याल्साले शनिवार एच. टी. लाइन मर्मत तथा रुख कटान गर्ने

  हिमाल समाचार
294 Shares

सोलुखुम्बु, चैत ८ । सोलुखुम्बुको सदरमुकाम क्षेत्रमा विद्युत वितरण गर्दे आएको सल्लेरी च्याल्साले शनिबार ५ घण्टा विद्युत बन्द गरेर रुख काट्ने भएको छ । आज शुक्रबार एक सूचना जारी गर्दै कम्पनीले भोली शनिबार ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत आपूर्ति बन्द गरेर रुख काट्ने भएको हो ।

विभिन्न फिडर अन्तर्गतका लाईन छुने तथा छुन लागेका रुख तथा रुखका हाँगाहरु कटान गर्ने भएकाले विद्युत आपूर्ति बन्द हुने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीको विद्युत उत्पादन गृहको स्वीचयार्डमा रहेको लोडब्रेक (एल.वि.) स्वीचमा समस्या आएकोले उक्त एल.वि. मर्मत तथा परिवर्तन गरिने कम्पनीले जनाएको छ ।

–  हेनुस् कार्यालयले निकालेको सूचना 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार