ओखलढुंगाको हर्कपुर वडाले सुरु गर्‍यो राष्ट्रिय परिचय पत्र वितरण

  हिमाल समाचार
182 Shares

सोलुखुम्बु, चैत ८ । ओखलढुंगाको हर्कपुर वडाले राष्ट्रिय परिचय पत्र वितरण सुरु गरेको छ । मोलुङ गाउँपालिका ४ नम्बर वडा कार्यालय हर्कपुरले वडा भित्रको नागरिकहरूको राष्ट्रिय परिचपत्र वडा कार्यलयबाटै वितरण सुरु गरेको हो ।

वडा अध्यक्ष भोलाराज राईको अध्यक्षतामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष उतम राईको प्रमुख आतिथ्यतामा परिचय वितरण सुरु भएको संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा सदस्यहरु धनपती दाहाल, मेख बहादुर तामाङ, टिक कुमारी खतिवडा, एम.आइ.एस अपरेटर मदन कुमार के. सी, कृषि प्राबिधिक विजय धमला मनोसामाजिक परामर्श कर्ता मैयाँ खतिवडा लगायतको उपस्थिति रहेको थियो । हाल म्म वडामा प्रिन्ट भएको ११३ थान राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्य राखिएको वडा सचिव शान्तिलाल सापकोटाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार