सोलुखुम्बु, चैत ९ । सोलुखुम्बुको नेचासल्यानमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । ३ बजे बिहान आगलागी हुँदा नेचासल्यान गाउँपालिका ३ भण्डारी गाउँ बस्ने राज कुमार नेपालीको घर पूर्ण जलेर नष्ट भएको हो ।
ढुङ्गामाटोले बनेको टिनको छाना भएको एक तले घरमा अचानक आगलागी हुँदा सो घरमा राखिएका १९ वटा कुखुरा र एउटा बाख्रा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिइएको छ । उक्त आगोलाई स्थानियले बिहान ४ बजेको पुर्ण रुपमा नियन्त्रणमा लिएका थिए ।
आगलागीको कारण भन्ने खुल्न बाँकी रहेको छ । उक्त घटनाको बारेमा इलाका प्रहरी चौकी नेचालाई शनिबार बिहान १०ः३० बजेको समयमा जानकारी प्राप्त भएको थियो । जानकारी पश्चात घटनास्थलमा प्रहरीको टोली पुगेको थियो ।