नेपाल शिक्षक संघ सोलुदुधकुण्ड नगर कार्य समितिद्वारा सेवा निवृत्त शिक्षकलाई सम्मान

  हिमाल समाचार
308 Shares

सोलुखुम्बु, चैत ९ । नेपाल शिक्षक संघ सोलुदुधकुण्ड नगर कार्य समितिले सेवा निवृत्त शिक्षकलाई सम्मान गरेको छ । आज शनिबार एक कार्यक्रमको आयोजना गरेर सोलुदुधकुुुण्ड नगरपालिका भित्रका विभिन्न समयमा शिक्षक पेशाबाट सेवा निवृत्त भएका ७ जनालाई शिक्षकलाई सम्मान गरेको हो । शिक्षकहरुले शैक्षिक क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै आज सम्मान गरिएको हो ।

सम्मान हुनेहरुमा थिर बहादुर कार्की, चक्र बहादुर बस्नेत, लोकमणि राई, पशपित गुरुङ, भिम बहादुर कार्की, कृप बहादुर कटुवाल र सनक सिं बस्नेतलाई सम्मान गरिएको नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन कुमार राईले बताउनुभयो ।

यस्तै आज नै भर्खरै शिक्षक सेवा पास गरेर सोलुदुधकुण्ड नगरपालिकामा पदस्थापन भएकाहरुलाई शिक्षकहरुलाई सम्मान गरिएको छ । यस्तै शैक्षिक शत्र २०८२ सालको भित्तेपात्रो समेत सार्वजनिक गरिएको उहाँले बताउनुभयो ।

नेपाल शिक्षक संघ नगर कार्य समितिका अध्यक्ष हर्क बहादुर राईको सभापति एवं नेपाली कांग्रेसका केन्द्रिय पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि शेर्पाको कार्यक्रमको ब्यानर पढेर उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको विशिष्ट अतिथिमा सोलुदुधकुण्ड नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पा विशेष अतिथिमा जिल्ला समन्वय समिति सोलुखुम्बका प्रमुख कृष्ण प्रसाद निरौला, नगर उपप्रमुख गान्धीमाया तामाङको उपस्थित रहेको थियो ।

यस्तै अतिथिहरुमा नेपाल शिक्षक महासंघ जिल्ला अध्यक्ष जनक कुमार थापा, ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष भानुभक्त उपाध्याय, नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष राई, नेपाली कांग्रेस सोलुखुम्बु प्रदेश (ख) का सभापति कर्मा शेर्पा, नेपाली कांग्रेस सोलुदुधकुण्ड नगर कार्य समिति एवं गार्माका वडाध्यक्ष सोनाम ग्याल्जेन शेर्पा, नेपाल शिक्षक संघ प्रदेश समिति सदस्य यसोदा बास्तोला लगायतको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार