सोलुखुम्बु, १४ चैत । मालपोत कार्यालय सोलुखुम्बुमा झण्डै ३ करोड राजस्व संकलन भएको छ । चालु आर्थिक वर्ष २०८२/८२ को साउनदेखी फागुन मसान्तसम्ममा २ करोड ९८ लाख ८३ हजार ९ सय ४१ रुपैयाँ राजस्व संकलन भएको हो ।
कार्यालयका रजिष्ट्रेशन फाटँ प्रमुख सिताराम चौलागाईका अनुसार रजिष्ट्रेशन दस्तुर बापत १ करोड ६२ लाख ४१ हजार ६ सय ३१, नामसारी दस्तुर १ लाख २२ हजार, अन्य शिर्षकमा २ लाख ६३ हजार १ सय ३८, धितोबन्धक दस्तुर ११ लाख ७० हजार ५ सय र पुजिगत लाभकर वापत १ करोड २० लाख ८६ हजार ६ सय ७२ रुपैयाँ राजस्व संकलन भएको छ ।
कार्यालयले फागुन महिनामा मात्रै १ करोड १५ लाख ९ हजार १० रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ भने ७ महिनाको अवधिमा १ करोड ९७ लाख २४ हजार ९ सय ३१ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।