मनास्लु पदयात्रामा गएका सोलुखुम्बुका ट्रेकिङ्ग गाइड शेर्पाको मृत्यु

  हिमाल समाचार
3.2k Shares

सोलुखुम्बु, चैत १४ । मनास्लु पदयात्रामा गएका ट्रेकिङ्ग गाइड सोलुखुम्बुका सार्की शेर्पाको मृत्यु भएको छ । आज बिहिबार बिहान मनास्लु पदयात्रामा ट्रेकिङ्ग गराउन जाने क्रममा सोलुखुम्बुको सोताङ गाउँपालिका–४ का ५४ वर्षीय शेर्पाको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

जिल्लाकै विकट मानिने धार्चे गाउँपालिका–३ खोर्लावेशीमा रहेको खोला किनारमा हिँड्ने क्रममा  शेर्पा अचानक ढल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक इन्द्र प्रसाद सुवेदीले बताउनुभयो ।

उनी आइएनएफओ नेपाल ट्रेकिङ्ग एजेन्सीमार्फत अमेरिकी नागरिकको गाइडका रूपमा मनास्लु पदयात्रामा गएको उहाँले बताउनुभयो ।

टाउकोमा गहिरो चोट लागेको शेर्पाको उपचारको क्रममा आज बिहान साढे ९ बजे मृत्यु भएको जनाइएको छ । सो घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार