सोलुखुम्बु, चैत १५ । गएको साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य ठाउँका हिमताल विस्फोटको जोखिममा रहेको उल्लेख गर्दैै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।
उहाँले सम्भावित जोखिमका विषयमा विस्तृत अध्ययन गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ । अध्ययन टोलीका प्रतिनिधि एवम्अ न्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का भूगर्भ विज्ञ सुदनविक्रम महर्जनले थामे उपत्यकामा रहेका हिमताल जोखिममा रहेको भन्दै विशेषगरी यसले ठूलो विनाश निम्त्याउने खतरा बढाएको बताउनुभयो ।
– फायल फोटो