सोलुखुम्बु, चैत १५ । ओखलढुंगाको मोलुङ गाउँपालिले विभिन्न योजनाहरुको अनुगमन गरेको छ । आज शुक्रबार पालिकाका जनप्रतिनिधि तथा कर्मचारीको टोलीले चालु आर्थिक वर्ष २०८१/८२ मा सञ्चालनमा रहेका योजनाहरुको अनुगमन गरेका संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।
घुमाउने हुदै मंसिरे सडक, पत्करी, माहुरे, मेले हुदै तिनताले सडक, सेलेले हुदै मंसिरे सडक, मंगलबारे हुदै नाँयाबान सडक, चुच्चेडुङ्गा आबिको घेराबार निर्माण योजना, स्वास्थ्य इाकाइ निमारे, नाँयाबान खानेपानी योजनाको एकै साथमा अनुगमन गरिएको हो ।
पालिका उपाध्यक्ष उर्मिला खतिवडा, प्रमुख प्रशासकीय अधिकृत ओसो कर्ण, वडा अध्यक्ष कमल तामाङ, इन्जिनियर इश्वर पोखरेल, प्राविधिक बिनोद दाहाल तथा जनस्वास्थ्य निरिक्षक मित्र मिनु ढाकालको संयुक्त टोलीले अनुुगमन गरेका हुन् ।