सोलुखुम्बु, चैत १५ । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले कृषकहरुसँग सम्बन्धित अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । आज शुक्रबार ज्ञान केन्द्रले उक्त गोष्ठीको आयोजना गरेको हो । गोष्ठी कार्यक्रममा जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आथिथ्यतामा एवं कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख दुर्गा बहादुर तिरुवाको सभाध्यक्षमा सम्पन्न भएको छ ।
३० जना भन्दा बढी सहभागी रहेको गोष्ठीमा कृषिसँग सम्बन्धित रहेर अन्तरक्रिया छलफल गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख निरौलाले कृषकले विषादी भन्दा पनि अर्गानिक उत्पादनमा जोड दिनु पर्ने बताउदै बाहिरबाट आउने तरकारी तथा फलफुलजन्य वस्तुको अन्त्य गर्नु पर्ने धारणा व्यक्त गर्नुभयो ।
जिल्लामा अर्गानिक खानेकुराको उत्पादनमा कमी हुँदै गएकाले किसानले अर्गानिक उत्पादनलाई पहिलो पक्षमा राखेर काम गर्नुपर्ने बताउनुभयो ।