सोलुखुम्बु, चैत १६ । नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाले काठमाण्डौंमा मृत्यु भएका सुरेश रजकको छानबिनको माग गरेको छ । हिजो शुक्रबार राजावादीको कार्यक्रमको रिर्पोटिङका क्रममा आगोमा परेर ज्यान गुमाएका एभिन्यूजका क्यामेरा पर्सन रजकको सत्य तथ्य घटनाको छानविनको माग गरेको हो ।
उक्त घटनाको तत्काल निष्पक्ष छानविन गरी हत्यारालाई कडा भन्दा कडा सजाय दिन सरकासँंग मोडदार माग गरिएको नेपाल पत्रकार महासंघ सोलुखुम्बुका अध्यक्ष सुवास दर्नालले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै सोही विज्ञप्ती मार्फत पत्रकारमाथिको आक्रमण कुनै हालतमा सहन्य नहुने भन्दै सञ्चारकर्मीहरुलाई सुरक्षित र वातावरणमा कार्य गर्ने सुनिश्चितता दिलाउन सरकार, सुरक्षा निमाय र सरोकारवाला निकाउहरुसँग जोडदार माग गरिएको छ ।
सोही घटनाले गर्दा आज मनाउने भनिएको ७० औं पत्रकार महासंघको स्थापना दिवसको कार्यक्रम समेत प्रभावित भएको छ ।
–हेर्नुस विज्ञप्ती