सोलुखुम्बु, चैत १६ । सोलुखुम्बुको नेचासल्यानका शेर बहादुर मगरको घरमा आगलागी हुँदा पूर्ण रुपमा क्षती भएको छ । नेचासल्यान गाउँपालिका १ ख्याम्पु बस्ने मगरको घरमा शुक्रबार राती १० बजेर ३० मिनेटमा आगलागी हुँदा ढुङ्गा, माटो, काठ र ढुङ्गाको छानो भएको १ तल्ले घर पूर्ण रुपमा क्षती भएको हो ।
रातीको करिब १२ बजे अस्थायी प्रहरी चौकी सल्यानबाट गएको प्रहरीको टोली र स्थायीबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाइएको छ ।
उक्त आगलागीबाट घर, घर भित्र रहेको भाडावर्तन, लत्ताकपडा र अन्नपात पुर्ण रुपमा जलेर खरानी भएका छन् । आगलागीको कारण भने खुल्न बाँकी रहेको छ ।