उद्योगी व्यवसायीद्वारा तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिपूर्ति माग

  हिमाल समाचार
56 Shares

सोलुखुम्बु, चैत १६ । नेपाल उद्योग वाणिज्य महासङ्घ र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले तीनकुनेमा भएको घटनाको निन्दासहित क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् ।

दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर आन्दोलन तथा प्रदर्शनबाट सर्वसाधारण एवम् उद्यमी व्यवसायीको पेशा व्यवसाय, निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

उनीहरुले दोषीमाथि कारबाही हुनुपर्ने मागसहित यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गरेका छन् । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार