एसइईमा उत्कृष्ट हुने विद्यार्थीसहितलाई छिमेक लघुवित्त वित्तीय संस्थाद्वारा सम्मान

  हिमाल समाचार
308 Shares

सोलुखुम्बु, चैत १६ । वि.सं २०८० सालको माद्यमिक परीक्षा (एसइई) मा उत्कृष्ट हुने २ जना विद्यार्थीसहितलाई छिमेक लघुवित्त वित्तीय संस्थाले सम्मान गरेको छ । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट सेवा प्रवाह गरि रहेको संस्थाले (एसइई) मा उत्कृष्ट हुने २ सहित अन्यलाई चैत १० गते सम्मान गरेको हो ।

सम्मान हुनेमा वर्षभरी मेहनत गरेर उत्कृष्ट हुने १० वटा इकाइ, १० जना छोरीलाई र ३ जना सफल व्यवसाहीलाई नगद पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको शाखा प्रमुख प्रेम तामाङले बताउनुभयो ।

यस्तै सोही दिन संस्थाले सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र नेचासल्यान गाउँपालिकाका ग्राहकहरुलाई वित्तीय सारक्षता प्रदान समेत गरेको थियो । दुई वटा स्थानीय तहका गरेर ९० जनाले वित्तीय सारक्षता सम्बन्धी ज्ञान प्राप्त गरेका जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार