सोलुखुम्बु, १७ चैत । डिभिजन वन कार्यालय सोलुखुम्बुले झण्डै ३ करोड २८ लाख राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी फागुन महिना मसान्तसम्म ३ करोड २७ लाख ६९ हजार ३ सय १४ रुपैयाँ राजस्व संकलन भएको हो ।
प्राप्त भएको राजस्व मध्ये २ करोड २० लाख ९६ हजार ६ सय ८० रुपैयाँ नेपाल सरकारलाई, ३४ लाख ३३ हजार ९ सय ७४ रुपैयाँ प्रदेश सरकारलाई र ७२ लाख ३८ हजार ६ सय ६० रुपैयाँ स्थानीय सरकार सोलुदुधकुण्ड नगरपालिकालाई बुझाइएको कार्यालयका सूचना अधिकारी मना राज राईले बताउनुभयो ।
उक्त राजस्व भ्याटसहित भएको उहाँको भनाइ छ । यस्तै वन क्षेत्र अन्य प्रयोजन वापत १ लाख ८२ हजार ६ सय ९२ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
यस्तै निजि वनबाट सल्ला, तिराइतो लगायतका ८ लाख २९ हजार २ सय ५९ (क्यू फिट) र गैरकाष्ठ वन पैदावारबाट १२ हजार १ सय केजी काठ निकासी भएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।