खुम्बु पासाङल्हामु गाउँपालिकाले संकलन गर्यो विदेशी पर्यटकबाट झण्डै ९ करोड राजस्व

  नवराज सिग्देल
91 Shares

सोलुखुम्बु, चैत १७ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले विदेशी पर्यटकबाट झण्डै ९ करोड राजस्व संकलन गरेको छ । पालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखी फागुन महिना मसान्तसम्म विदेशी पर्यटकहरुबाट ८ करोड ८७ लाख २२ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।

उक्त राजस्व ४ हजार २ सय ३६ जना सार्क राष्ट्रका र २६ हजार ७ सय ५० जना अन्य देशका गरेर कुल ३० हजार ९ सय ८६ विदेशीबाट संकलन गरिएको गाउँपालिकाका लेखा अधिकृत चेतनाथ कटेलले बताउनुभयो ।

उहाँका अनुसार सार्क राष्ट्रका पर्यटकबाट ८४ लाख ७२ हजार रुपैयाँ र अन्य विदेशी पर्यटकहरुबाट ८ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरिएको छ ।

पालिकाले खुम्बु क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि लुक्ला, मन्जो र हेली प्याट काउण्टरबाट शुल्क लिदै आएको छ । पालिकाले सार्क राष्ट्र र चिनिया पर्यटकलाई २ हजार र अन्य देशका पर्यटकलाई ३ हजार रुपैयाँ प्रतिव्यक्ति पर्यटन शुल्क लिदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार