कांग्रेस जेष्ठ राजनीतिक सभा सदस्य स्व. बस्नेतलाई श्रद्धाञ्जली सभा

  हिमाल समाचार
637 Shares

सोलुखुम्बु, चैत १८ । नेपाली कांग्रेसका जेष्ठ राजनीति सदस्य तथा समाजसेवी शताब्दी पुरुष स्व. गणेश बहादुर बस्नेतको श्रद्धाञ्जली सभा नेपाली कांग्रेस सोलुखुम्बुको आयोजनामा सम्पन्न भएको छ। सो कार्यक्रम नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यता तथा केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङ गेलु शेर्पाको विशेष आतिथ्यतामा सम्पन्न भएको हो।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापति नाम्गेल जाङबु शेर्पाको अध्यक्षतामा सम्पन्न श्रद्धाञ्जली सभामा स्व. बस्नेतको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धासुमन अर्पण गरिएको थियो।

नेपाली कांग्रेस सोलुखुम्बुका पूर्व उपसभापति तथा जेष्ठ राजनीतिज्ञ सभा सदस्य स्व. बस्नेतको राजनीतिक तथा सामाजिक योगदानबारे वक्ताहरूले चर्चा गरेका थिए।

श्रद्धाञ्जली सभामा नेताहरूले बस्नेतको देशप्रतिको योगदान, नेपाली कांग्रेसभित्रको उहाँको भूमिका तथा समाजसेवामा देखाएको सक्रियता स्मरण गरेका थिए। कार्यक्रम काठमाडौंको शुकेधारा नव दुर्गा पार्टी प्यालेसमा सम्पन्न भएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार