ओखलढुंगामा नेकपा एमालले गर्यो जनचेतना अभियान कार्यक्रम सञ्चालन

  हिमाल समाचार
168 Shares

सोलुखुम्बु, चैत १८ । ओखलढुंगामा नेकपा एमालेले जनचेतना अभियान कार्यक्रम पार्टी सञ्चालन गरेको छ । आज सोमबार नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाले आयोजना गरेको जनचेतना अभियान कार्यक्रम पार्टी कार्यालय हुलाकबाट सुरु भई गणेशथान मन्दिरमा पुगेर कोणसभामा परिणत भएको हो ।

आज भएको उक्त कार्यक्रममा केन्द्रिय सदस्य यज्ञराज सुनुवार, जिल्ला अध्यक्ष ज्ञान बहादुर खड्का जिबी, नेताहरू नानिबाबु बुडाथोकी, मोहन कुमार श्रेष्ठ ,उत्तम राई, सुरेश थापा लगायतले कार्यक्रमलाई सम्बोधन गरेका संवाददाता पासाङ शेर्पाले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा ८ वटै पालिका कमिटी अध्यक्ष सहित पदाधिकारीहरू, ७५ वडाका अध्यक्षहरूको उल्लेखनीय उपस्थिति रहेको नेकपा एमाले ओखलढुंगाका सचिव अशोक थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार