नेपाल शिक्षक संघ सोलुखुम्बुद्वारा कार्य सम्पादनका आधारमा सर्वोत्कृष्ट र उत्कृष्ट हुने स्थानीय तहलाई सम्मान

  हिमाल समाचार
259 Shares

सोलुखुम्बु, चैत १८ । नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बुले कार्य सम्पादनका आधारमा सर्वोत्कृष्ट र उत्कृष्ट हुने स्थानीय तहलाई सम्मान गरेको छ । कार्य सम्पादनका आधारमा सर्वोत्कृष्ट हुने स्थानीय तह मध्ये सोलुदुधकुण्ड नगरपालिका र उत्कृष्ट हुने सोताङ र नेचासल्यान गाउँपालिकालाई आज सोमबार भएको तेस्रोे जिल्ला प्रतिनिधि सभा अवसरमा प्रमाणपत्रले सम्मान गरिएको हो ।

उक्त सभाका प्रमुख अतिथि उपमहासचिव अर्थ कोशी प्रदेशका लक्ष्मण कार्कीले दिप प्रज्वलन, विपी र सरस्वरीको फोटोमा माल्य अपर्ण र ब्यानर पढेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । कार्यक्रम नेपाल शिक्षक संघ जिल्ला कार्य समिति सोलुखुम्बका अध्यक्ष मदन कुमार राईको सभापतिमा सम्पन्न भएको थियो ।

कार्यक्रममा जिल्लाका आठ वटै स्थानीय तहका स्थानीय तह कार्य समितिका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता जनाएका थिए । तेस्रोे जिल्ला प्रतिनिधि सभामा बोल्ने वक्ताहरुले शिक्षकको माग र मुद्धालाई सरकारले सम्बोधन गर्नु पर्ने धारणा राखेका थिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार