सोलुखुम्बुको लिखुपिकेमा सामुदायिक वन र खरबारीमा आगलागी, नियन्त्रणको प्रयास जारी

  हिमाल समाचार
119 Shares

सोलुखुम्बु, चैत १८ । सोलुखुम्बुको लिखुपिकेमा सामुदायिक वन र खरबारीमा आगलागी भएको छ । लिखुपिके गाउँपालिका २ मेस्की हर्सपुमा बस्ने गोपाल खड्काले बारीमा रहेको झिग्राहरु डढाउने क्रममा सल्किएको आगाले सामुदायिक वन र खरबारीमा क्षती भएको हो ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा खड्काले बालेको आगो हावाले उडाउदा सापे सामुदायिक वनमा समेत क्षती भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । उक्त घटनाको जानकारी पाउना साथ अस्थायी प्रहरी चौकी गोलीबाट खटिएर प्रहरीको टोली र स्थानीयबासी २० २५ जना भएर आगो नियन्त्रणमा लिने कोसिस गरिरहको प्रहरीले जनाएको छ ।

आगो निभाउने कार्य भईरहेकाले तत्काल गाउँ बस्ति भेट्ने सम्भावना नरहेको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार