सोलुखुम्बुको फाप्लु विमानस्थलमा ४ महिनापछि नेपाल एयरलाइन्सको नियमित उडान

  हिमाल समाचार
616 Shares

सोलुखुम्बु, चैत १९ । करिब ४ महिनापछि नेपाल एयरलाइन्सले सोलुखुम्बुको सदरमुकाम सल्लेरी नजिकै रहेको फाप्लु विमानस्थलमा नियमित उडान सुरु गरेको छ । जहाजमा समस्या आएका कारणले ४ महिनाको पेरी फेरीमा नियमित उडान सुरु गरेको हो ।

उडान नियमित नभएकाले सोलुखुम्बुबाट संघीय राजधानी जाने जिल्लाबासी तथा पर्यटकहरुले बिपी राजमार्गको कष्टकर यात्रा गर्नबाध्य भएका थिए । ३ देखी ४ महिनाको अवधी पश्चात फाप्लुमा नियमित उडान सुरु हुन थालेको र नियमित उडान अन्तरगत आजको उडान तेस्रो भएको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुका निमित्त कार्यालय प्रमुख आयुस थापाले बताउनुभयो ।

फाप्लु विमानस्थलमा प्राइभेट कम्पनीका तारा र समिट एयरलाइन्सले भने पछिल्लो समयमा चार्टर उडान गर्ने गरेको कार्यालयले जनाएको छ । पर्यटकको सिजन सुरु भएकाले प्राइभेट एयरलाइन्सहरु काठमाण्डौं–लुक्ला, लुक्ला– काठमाण्डौं र मन्थली– लुक्लाको उडान भर्न थालेका पश्चात फाप्लुमा नियमित उडान हुन नसकेको हो ।

–  फायल फोटो    

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार