सोलुदुधकुण्ड नगरपालिका र सोलु च्यामले एसइई दिएका विद्यार्थीलाई व्यावसायिक तालिम प्रदान गर्ने

  हिमाल समाचार
154 Shares

सोलुखुम्बु, चैत १९ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र सोलु च्यामले माद्यमिक शिक्षा परीक्षा (एसइई) दिएका विद्यार्थीलाई तालिम व्यावसायिक प्रदान गर्ने भएको छ । नगरपालिका र सोलु च्यामले सहकार्य स्थापना गरेर नुम्बुर भोकेशनल ट्रेनिङ सेन्टरमा तालिम व्यावसायिक प्रदान गर्ने भएको हो ।

यस केन्द्रमा विभिन्न व्यावसायिक तालिमहरू प्रदान गरिने भएकाले विद्यार्थीहरूको भविष्यलाई अझ उज्जवल बनाउन मद्दत पुर्याउने सोलुदुधकुण्ड नगरपालिका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।

तालिम केन्द्रमा प्लम्बिङ, इलेक्ट्रिकल प्रविधि, होटल तथा रेस्टुरेन्ट कुकिंङ सम्बन्धि, सिकर्मी प्रशिक्षण, पर्वतीय पर्यटन तथा आतिथ्य व्यवस्थापन र पदयात्रा एजेन्सी सञ्चालन हुने छ । तालिम प्रदान गरिएकाहरुलाई रोजगारीको व्यवस्था समेत गरिने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार